त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।







