प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उखु किसानको बाँकी अनुदान तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । आइतबार सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री डा.प्रकाश शरण महत, कृषि मन्त्री डा.बेदुराम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल तथा मुख्यसचिव डा.वैकुण्ठ अर्याल एवम् अर्थ, कृषि र उद्योग मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि उखु किसानहरूले करिब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बक्यौता रकम पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार