भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संर्घष समितिको गण्डकी प्रदेशको ईन्चार्जमा बिबेक भुजेल चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ले देशभर सञ्चालन गर्न लागेको भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउने गरि अभियान सञ्चालन गर्न समिती गठन गरेको हो ।

समितीका केन्द्रीय संयोजक भविस्वर पराजुलीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार गण्डकी प्रदेशमा भुजेलको नेतृत्वमा समित गठन गरिएको हो । समितिले देशभर रहेका साना, ठुला सबै प्रकारका भ्रष्ट्राचारका मुद्धाहरुमा आवाज उठाउने, जनतालाई सुुसुचित गर्ने, खबरदारी सहित अभियान चलाउने भुजेलले जानकारी दिए ।

अहिले देशमा भएका भ्रष्टचारका काण्डहरु टुगोंमा नपुगी बन्द नहोस् भन्नका लागि पनि अभियान आबस्यक रहेको उनले बताएका छन् । यसलाई गण्डकीका सवै जिल्ला तथा स्थानिय पालिकाहरुमा विस्तार गदै लैजाने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार