युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको जारी युद्ध युक्रेनले जसरीपनि जित्ने बताएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रूसलाई हराउने बताएका हुन् । रूसले युक्रेनमाथि हमला गरेको आज एक वर्ष पूरा भएको छ ।

युक्रेनमा रूसी हमलाको युरोपियन युनियनका मुलुकसहित पश्चिमा अन्य मुलुकले विरोध गरिरहेका छन् । अमेरिकाले थप २ अर्ब डलर सहयोगको घोषणा गरिसकेको छ । युक्रेनमा रूसले गरेको आक्रमणविरुद्ध राष्ट्रसंघमा रूसविरुद्ध १ सय ४१ मुलुकले मतदान गरेका छन् । यस्तै ३२ राष्ट्रले त्यस प्रक्रियामा सहयोग गरेनन् भने रूस सहित ७ मुलुकले विपक्षमा मतदान गरेका छन्।
भारत पनि मतदान प्रक्रिया अनुपस्थिति जनाएको छ। आफ्नो भनाइ राख्दै उसले प्रक्रियामा अनुपस्थिति जनाएको छ।
भारतले शान्तिपू्र्ण वार्ता नै यसको एक मात्र समाधान रहको बताउँदै रूसविरुद्ध मतदानका लागि अस्वीकार गरिरहेको छ।



