पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०७९ आइतबार देखी सुरु भएको छ । महानगरपालिका अन्तरगतको खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्स छात्र/छात्रा (१०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि. ४/४ जनाको १०० मि.रिले, ४/४ जनाको ४०० मि.रिले दौड), फिल्ड तर्फ (हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो, सटपुट), मार्सल आर्ट तर्फ कराते, उसु र तेक्वान्दो लगायतका खेलहरू समावेश गरिएका छन् ।
प्रतियोगिता ३ दिनसम्म पोखरा रङ्गशालामा जारी रहने छ।



