भिमसेन थापा गाउँपालिका गोरखाले आफ्ना सूचनाहरु डिजिटल प्रबिधि सूचना प्रणाली मार्फत सार्वजनिक गरेको छ । क्यूआर कोड स्क्यान गरी अब नागरिकले सिधै सूचना लिन सक्ने छन् । पालिकाको वेवसाईटमा राखिएका सूचनाहरुलाई क्यूआर कोड जेनेरेट गरी मोबाईलबाटै स्क्यान गर्न र सूचना छिटो छरितो प्राप्त गर्ने माध्यम पालिकाले अपनाएको हो । भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले सूचना प्रबिधि अझ डिजिटल र छिटो छरितो प्राप्त गर्ने खालको हुनु पर्नेमा जोड दिनुभयो । सूचना प्रबिधिमा भएका विकासक्रमलाई पालिकाले सक्दो प्रयोग गर्ने र जनस्तरसम्म पुर्याउने कुरामा पालिका कटिबद्ध भएको समेत उहाँले बताउँनुभयो । अब छिटै पालिकाको एप बन्ने प्रकृयामा छ । एप निर्माण भएपछि हरेक नागरिकले सबै जानकारी मोबाईलबाटै प्राप्त गर्ने पनि उहाँको दाबि छ । पालिकाले जारी गर्ने सूचनाहरु पालिको आधिकारीक वेबसाईट तथा आधिकारीक फेसबुकबाट लिन सक्नुहुनेछ भन्दै प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी भन्नुहुन्छ ‘डिजिटल प्रबिधीयुक्त सूचनाको लागी आ.ब. २०७९÷०८० को बजेट तथा कार्यक्रमलाई क्यूआर कोडमार्फत स्क्यान गरेर हेर्न मिल्ने बनाईएको छ भने बिस्तारै अन्य सूचनाहरु पनि डिजिटल फम्र्याटमा प्रकाशन गरिने छ ।’





