भिमसेनथापा गाउपालिकाको बातावरणीय पर्यावरण ,सुन्दरता र हरियालीको निम्ति मुख्य सडक क्षेत्र अन्तर्गत गाउँपालिका केन्द्र खाञ्चोक परिधि क्षेत्रमा वृक्षरोपण गरिएको छ । गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जरा (अक्कल), उपाध्यक्ष अमृता वस्ती र प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बृक्षारोपण गरी हरियाली अभियान सुरुवात गर्नुभएको थियो । भिमसेनथापा गाउँपालिका कार्यलयको आयोजनामा भएको कार्यक्रममा स्थानिय बासिन्दाहरु, समुन्नत युवा क्लबका सदस्यहरु, पालिका शाखा कर्मचारीहरु, बन कार्यलय कर्मचारीहरु, प्रहरीहरु लगायतको सहभागितामा कपुर, अशोका, म्याङ्गो स्टिक, धुपी, कल्की फुल, तेजपत्ता जस्ता बिरुवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउँनुभयो । अधिकारीका अनुसार पालिकालाई हरियाली बनाउने उद्देश्यका साथ सडक किनारामा फलफूलत तथा उपयोगी बिरुवाहरु लगाईने कार्यक्रम समेत पालिकाले बनाएको छ । यो आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा नै पालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउने लक्ष्य सहित गाउँ टोल घर–घरमा स्थानीय सरकारको प्रत्याभूती दिने योजना बनाईएको पालिका अध्यक्ष लोक प्रसाद बञ्जरा (अक्कल) बताउनुहुन्छ ।













