कृषि ज्ञान केन्द्र गोरखाले बारपाक सुलिकोट गाउँपालिकाको वडा न ६ डाडगाउँका कृषकहरुलाई
कृषीजन्य सामाग्रीहरु वितरण गरेको छ ।

बारपाकको डाडगाउँमा रहेको सिमान्तकृत कृषक समुहका विपन्न्न २५ जना कृषकहरुलाई निशुल्क प्लाष्टिक टनेल, २०० मिटर पाइप, तरकारीको मिनिकिट विउ स्प्रे र केहि फलफुलका बिरुवा वितरण गरेको हो ।
कृषकहरुलाई अभावका बेला प्रदान गरिएका सामाग्रीहरुले जिविको पार्जनमा केही भएपनि राहत मिल्ने गाउँपालिका अध्यक्ष विष्णु भट्टले विश्वास व्यक्त गरे । ति कृषकहरुलाई कृषि ज्ञानकेन्द्रको जिविको पार्जन कार्यक्रम अन्तरगत सहयोग गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार