गण्डकी प्रदेश सरकारले आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु.३५ अर्व ९० करोड ९० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल (जिवन) ले प्रदेशसभाको आजको बैठकमा सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
उनका अनुसार चालु खर्च तर्फ १३ अर्व २६ करोड ८८ लाख ५४ हजार अर्थात ३६.९५ प्रतिशत र पुजिँगत तर्फ २२ अर्व १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तिय व्यवस्था तर्फ ५० करोड अर्थात १.३९ प्रतिशत, स्थानिय तहमा वित्तिय हस्तान्तरण २ अर्व ११ करोड १० लाख अर्थात ५.८८ प्रतिशत र आगामी आर्थीक वर्षमा १ करोड ८८ लाख ३८ हजार सञ्चितकोष माथी व्यभार पर्ने अनुमान गरिएको छ ।

अर्थमन्त्री बराललका अनुसार खर्चको स्रोतका रुपमा वित्तिय समानीकरण मार्फत रु.७ अर्व ९२ करोड ७९ लाख, राजश्वबाट रु.९ अर्व २३ करोड ९९ लाख, सशर्त अनुदान रु.६ अर्व ९१ करोड ८३ लाख, समपुरक अनुदान रु.८३ करोड ७० लाख र विशेष अनुदान तर्फ रु.८६ करोड प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेशको आन्तरिक राजश्वबाट रु.५ अर्व ९ करोड १६ लाख र रोयल्टी बाँडफाँड मार्फत रु.३२ करोड ५० लाख अनुमान छ ।
आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन पश्चात रु.२ अर्व न्युन हुने र त्यसको पुर्ति १ अर्व आन्तरिक ऋण र १ अर्व नेपाल सरकारसंगको ऋणबाट गरिनेछ ।



