नेपालमा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक पोखरामा पनि विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरिएको छ । स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार भन्ने नाराका साथ नेपालमा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक पोखरामा यो दिवस मनाउन लागिएको हो ।

बुधबारदेखी एक सातासम्म मनाईने उक्त दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले जनाकारी दिए । उनका अनुसार बुधबार कार्यालय परिसरमा सरसफाई गरिएको छ भने, बिहिबार पत्रकार भेटघाट तथा होटेल तथा उद्योगहरुमा अनुगमन कार्यक्रम गरिएको छ ।

यस्तै शुक्रबार सुचना तथा सन्देस प्रचारप्रसार, शनिबार विभिन्न संचारमाध्यम मार्फत सचेतनामुलक कार्यक्रम, आईतबार होटेल तथा उद्योगहरुमा अनुगमन निरीक्षण, सोमबार अन्तरक्रिया कार्यक्रम, मंगलबार खाद्य बजार अनुगमन र दिवसका दिन प्रभातफेरी सहित मुलसमारोहको कार्यक्रम हुने प्रमुख बरालले जानकारी दिए ।

खाद्यपदार्थमा स्वच्छता हाषिल गर्नु सवैको हुने बताएका बरालका अनुसार बजारको स्वच्छता र उपभोक्ता हित रक्षाका लागि आवश्यक भुमिका निर्वाह गर्न सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । चालु आर्थिक वर्षमा बजार अनुगमनका क्रममा खाद्य ऐन अनुरुप ११९ वटा खाद्य नमुनाहरु संकलन गरि परिक्षणका लागि पठाईएकामा ४६ वटाको प्रयोगशाला परिक्षण रिपोर्ट प्राप्त भएको उनले जनाए । ति मध्ये ४ वटा नमुना प्रतिकुल पाईएकाले प्रारम्भिक अनुसन्धान सम्पन्न गरि सम्बन्धित निकायमा पठाउने प्रक्रियामा रहेको उनले बताए ।

उपभोक्ता मंच गण्डकीका अध्यक्ष कपिलनाथ कोईरालाले गुणस्तरिय भन्दा पनि सस्तो उपभोग्य वस्तुको खोजिका कारण उपभोक्ताहरुको हित संरक्षण चुनौतीपुर्ण बन्दै गएको बताए । आफुले प्रयोग गर्ने वस्तुहरुको मुल्य भन्दा पनि गुणस्तरमा जोड दिन उनले आग्रह समेत गरे । नागरिक सचेतनाले मात्र बजारको स्वच्छता प्रर्वद्धन गर्न सकिने उनले बताए ।

उद्योगी व्यवसायीहरुलाई व्यवसायीक मर्यादा, उपभोक्ता हित र सामाजिक न्यायको सिन्द्धान्तलाई इमान्दार पुर्वक पालना गर्न सरोकारवालाहरुले सुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार