पुर्व पदाधिकारीहरुलाई सेवा सुविधा दिने सम्बन्धमा गण्डकी प्रदेश सरकारले गठन गरेको कार्यदल तुरुन्त भङग गर्न पाँच दलिय गठबन्धनका नेताहरुले माग गरेका छन् । प्रदेश सरकारका पुर्व पदाधिकारीहरुलाई सेवासुविधा उपलब्ध गराउन कानुनी मस्यौदा तयार गर्न कार्यदल गठन गरेको प्रति गठबन्धनको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनार्ईको छ ।
विज्ञप्तीमा भनिएको छ “मुलुकको अर्थतन्त्रमा उतारचढापहरु देखिएको तथा जनताका आधारभुत आवश्यकताहरुलाई सम्बोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्नेमा कुनैपनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न सकिदैन् ।”

गठबन्धनका नेताहरुले प्रदेश सरकारद्धारा गठित कार्यदललाई तुरुन्त भङ्ग गरि जनपक्षिय काममा केन्द्रित हुन माग गरेका छन् । यसअघि पनि पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि यस्तै प्रकृतिको कानुन निर्माणको प्रक्रिया थालनि गरेको भन्दै चर्को आलोचन भएको थियो । पछि सरकारले आफ्नो निर्णय सच्चयाएको थियो ।
विज्ञप्ती नेपाली कांग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका संयोजक बखानसिं तमु, जसपाका अध्यक्ष गिरी प्रसाद गुरुङ, नेकपा एसका सचिव पुर्ण लामा र राजमोका अध्यक्ष रविमोहन ढकालले जारी गरेका हुन् ।




