देशका प्रमुख शहरहरुमा जित हासिल गरेका स्वतन्त्र उमेदवारहरुको सर्मथनमा शनिबार पोखरामा सरफाई कार्यक्रम सम्पन्न भएको छ । पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा वि क्यान डु पोखराको आयोजनामा वृहद सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक मोनिका बरालले पोखराको सुन्दरताको लागी पनि हरेक टोल र घर-घर बाट सरसफाई थाल्न जरुरी रहेको बताईन् ।
“विजय प्राप्तीलाई उत्सवका रुपमा होईन्, अब फरक शैलीबाट मनाउने संस्कारको सुरुवात गरौँ” भन्ने उद्धघोषका साथ काठमाण्डौँका विजेता बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका हर्क साङ्पाङ र धनगढी उपमहानगरपािलकाका विजेता गोपाल हमाल लगायतको सर्मथनमा पोखरामा वृहद सरसफाई कार्यक्रम आयोजना गरिएको बरालले बताईन् ।
दलगत राजनीतिको दलदलबाट नागरिकहरु विकल्प सहितको उन्मुक्त समाज निर्माणको अभियानमा सरिक भएको सन्देस यसपालिको स्थानिय तह सदस्य निर्वाचनले दिएको सरोकारवालाहरुले बताएका छन् । वषौँ देखी मुलुकमा शासन गरिरहेका पुराना दलहरुबाट विकसित समाज निर्माण हुन नसक्ने पाएपछि नागरिकहरुले वैकल्पिक उमेदवारहरुलाई विजयी बनाएको उनिहरुको भनाई छ ।

विजयी स्वतन्त्र उमेदवारहरुको सर्मथनमा पोखरामा सरसफाई कार्यक्रम (फोटो फिचर) Photo by : https://www.facebook.com/falanosubash/







थप तस्बिरको लागी: https://www.facebook.com/falanosubash/



