देशका प्रमुख शहरहरुमा जित हाषिल गरेका स्वतन्त्र उमेदवारहरुको सर्मथनमा शनिबार पोखरामा पनि सरफाई कार्यक्रम हुने भएको छ । वि क्यान डु पोखराको आयोजनामा वृहद सरसफाई कार्यक्रम आयोजना गरिएको संयोजक मोनिका बरालले बताईन् ।
“विजय प्राप्तीलाई उत्सवका रुपमा होईन्, अब फरक शैलीबाट मनाउने संस्कारको सुरुवात गरौँ” भन्ने उद्धघोषका साथ काठमाण्डौँका विजेता बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका हर्क साङ्पाङ र धनगढी उपमहानगरपािलकाका विजेता गोपाल हमाल लगायतको सर्मथनमा पोखरामा वृहद सरसफाई कार्यक्रम आयोजना गरिएको बरालले बताईन् । कार्यक्रम पोखराको पृथ्वीचोक आसपासमा हुनेछ ।

दलगत राजनीतिको दलदलबाट नागरिकहरु विकल्प सहितको उन्मुक्त समाज निर्माणको अभियानमा सरिक भएको सन्देस यसपालिको स्थानिय तह सदस्य निर्वाचनले दिएको सरोकारवालाहरुले बताएका छन् । वषौँ देखी मुलुकमा शासन गरिरहेका पुराना दलहरुबाट विकसित समाज निर्माण हुन नसक्ने पाएपछि नागरिकहरुले वैकल्पिक उमेदवारहरुलाई विजयी बनाएको उनिहरुको भनाई छ ।



