बाग्लुङको ताराखोला गाउापालिकामा नेकपा माओवादी केन्द्रका धन बहादुर वि.क विजयी भएका छन् । वि.क आफ्नै पार्टीका बागी उमेदवार निवर्तमान गाउँपालिका अध्यक्ष प्रकाश घर्तिमगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
घर्तिले २०९० मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर रोका विजयी भएका छन् । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका याम बहादुर श्रीसको प्यानल नै विजयी भएको छ । वडा नं. २ मा माओवादी केन्द्रकी मिना सुनार, ३ मा कर्ण बहादुर भण्डारी, ४ मा जित बहादुर खत्री र ५ मा मन बहादुर रोका विजयी भएका छन् ।

गाउँपालिकाको वडा नं.२ र ३ मा एक एक जना स्वतन्त्र बाहेक नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ताराखोलामा पनि नेकपा एमाले क्लिन स्विप भएको छ ।



