पोखरा महानगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालयमा हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाका अनुसार स्थानिय तह निर्वाचन २०७९ अन्तरगत पोखरा महानगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय सहिदचोकमा हुने भएको हो ।

सवै मतदान केन्द्रहरुमा मतदान पश्चात मतपेटिका आईपुगेपछि सर्वदलिय बैठक गरि मतगणनाको समय तोकिने कार्यालयले जनाएको छ । मतगणना स्थलमा तारवार र सिसिटिभी क्यामेराको समेत व्यवस्था गरिएको छ ।




