मतदाता नामावलीमा नाम रहेका मतदाताहरुलाई आफ्नो परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचय पत्र हराएका वा कुनै कारणले मतदाता परिचय पत्र प्राप्त नगरेका मतदाताहरुका लागि आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचय पत्र, लाइसन्स वा जग्गाधनी पुर्जाका आधारमा भएपनि मतदाता नामावलीसंग नाम भिडाएर मतदान गर्न दिने व्यवस्था गरिएको आयोगले जनाएको हो ।

यसअघि मतदाता परिचय पत्रको विकल्पमा नागरिकता भएपुग्ने बताईएको थियो । मतदाता नामावलीमा नाम भएरपनि मतदानबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको आयोग जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार