ढोरपाटन नगरपालिकाका निवर्तमान प्रमुख देव कुमार नेपाली यहि वैशाख ३० गते हुने स्थानिय तहको निार्वचनमा पनि उमेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको राजनीति सिद्धान्त र विचार भन्दा पनि देवत्वकरणमा केन्द्रित भयो भन्न गुनासो चर्को छ । उनि ढोरपाटनका गरिब र निमुखा नागरिकहरुको अभावसंग स्वार्थपुर्ण खेल खेलिरहरेका आरोप उनिमाथि छ ।
उनले चुनावी प्रचार प्रसारका क्रममा पनि मतदाताहरुलाई प्रभावमा पार्नका लागि सहयोगका नाममा नगद तथा जिन्सी समाग्रीहरु वितरण गरेका तस्विरहरु सार्वजनिक भएका छन् । सामाजिक संजालमा पोष्ट गरिएको एक तस्बिरमा मतदातासंग मत माग्ने क्रममा नेपालीले पैसा बाँडेको प्रस्ट देखिन्छ । रुमालसंगै पैसा चेपेर नमस्कार गर्दै गरेका नेपालीले चुनाव प्रचार प्रसारका क्रममा ढोरपाटनका मतदातालाई प्रभावमा पार्न त्यसो गरेको विपक्षीहरु बताउछन् ।


यसअधिको निर्वाचनमा पनि नेपालीले ठुलो आर्थिक चलखेल गरेको आरोप लागेको थियो । हालै मात्र ढोरपाटन नगरपालिकाको वडा नं. २ मा पनि त्यहाँको एक गाउँका मतदातालाई नगद सहित चामल, तेल लगायतका सामाग्रीहरु वितरण गरेका सुचनाहरु प्राप्त भएका छन् । उनले नगरपालिकाको पाँच वर्षे कार्यकालमा अकुत सम्पति आर्जन गरेको र करोडौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाईएको छ ।
विगतमा पनि उनको छवि विवादित मानिन्छ । उनले तत्कालिन समयमा बुर्तिबाङ् आसपासका दलित समुदायको जग्गाधनि पुर्जा कृषि विकास बैङ्कमा राखि प्रति पुर्जा ३० हजारका दरले ऋण लिएर खाएको र पछि नेपाल सरकारले सो ऋण मिनाह गरेपछि ति जग्गा धनिहरु भूमीहिन हुनबाट जोगिएका थिए । हाल उनले त्यहि समुदायको भावनासंग नराम्ररी खेलिरहेका छन् ।



