पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरकीउम्मेदवार कोपिला रानाभाटले पाँचवर्षमा पिछडिएका वडालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । पोखरा २४ कास्कीकोटको चुनावी सभालाई सम्बोधनगर्दै उनले यस्तो बताएकी हुन् ।
‘हाम्रो पहिलो कामभनेको पोखरा महानगरपालिकामा विकासका हिसाबले पिछडिएका वडाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो । हामी पछाडी परेको वडामा विशेष किसिमले योजना बनाएर जानेछौं’,उनले भनिन्, ‘अघिल्लो पाँचवर्षमा तपाईहरुको वडामा जसरी विकास हुनुपर्ने हो त्यो हुन सकेन तरअबको पाँचवर्षमा विकासमा पछाडि परेको वडालाई केन्द्रित गरी काम गर्नेछौं ।’

https://googlepokhara.com/dharaj-kaskikot-news/

उनले वडा २४ पटक/पटक धोकामा पर्दै आएको बताइन् । अब गठबन्धनलाई मतदिई पुराना सहितनयाँ सपना समेत पुरा गर्ने अवसर खेर नफाल्नउनको आग्रहथियो ।
कास्कीकोटको नामबाट नै कास्की जिल्लाको नाम रहेको सुनाउँदै रानाभाटले कास्कीकोटलाई पर्यटकीय तथा कृषि पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने उल्लेख गरिन् । खानेपानी समस्या कास्कीकोट बासीको समस्या भएकाले त्यसको निराकरण गठबन्धन सरकारले नै गर्ने प्रतिबद्धता उनको थियो ।

पोखरा महानगरबासीको गौरवताका लागि गठबन्धनले जित्नैपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् । संविधानको रक्षा र राष्ट्रियताको रक्षाकालागि गठबन्धनको खाँचो परेको भनाई उनको छ ।
नेकपाएमाले प्रति कटाक्ष प्रहार गर्दै स्पष्ट बहुमत सम्हाल्न नसक्नेले अब देश बनाउने कल्पना गर्नु मुर्खताभएको उनले सुनाइन् ।

https://googlepokhara.com/news-20/

नागरिक मैत्रीनीति र सिद्धान्तका आधारमा नै स्थानीयतहमा गठबन्धन सरकार बन्नेमाउनीविश्वस्त छिन् । विगतको एमाले सरकारले देखाएको झुटा सपनालाई चिर्दै लैजाने र विकासको गतिलाई अगाडि बढाउने जिम्मेबारी साथआफुहरु चुनावी मैदानमा होमिएको उनले बताइन् ।
निर्वाचनमा महिलाहरुको सहभागिता बढी भएको र चनाखो हुनुपर्ने अवस्थासिर्जना भएको प्रतिउनले ध्यानार्कषण गराइन् । घर मात्रनभई देश बनाउने जिम्मेबारी समेत महिलाको काँधमाआएमुलुकले आमुल परिवर्तनको दिशातर्फ अग्रसर हुने तर्क उनको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार