पोखरामा मंगलबार बिहानैदेखि गठबन्धनका उम्मेवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी कोपिला रानाभाटले मंगलबारको अभियान पोखरा महानगरपालिका १५ बाट सुरु गरेका हुन् ।
‘गठबन्धनको जित सुनिश्चित गर’ भन्दै नारा घन्काएर सुरु भएको ¥यालिमा पोखरा १५ का युवा देखि वृद्धासम्मको सहभागिता रहेको छ । मेयर र उपमेयरमा गठबन्धन भएसँगै पोखरा १५ मापनि ५ दलीय गठबन्धन रहेको छ । मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा कांग्रेसका मीनबहादुर गिरी, वडा सदस्यमा नरेश थापा (जसपा), महेश बानिया (माओवादी), माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहेका छन् ।

पोखरा १५ युवाहरुको गठबन्धनलाई राम्रो साथ रहेको छ । यो पटकको निर्वाचनमा पोखरा १५ का गुरुङ समुदायहरुले गठबन्धन लाइ सहयोग गर्ने स्थानिय रामबहादुर गुरुङले वताए । यसैगरी पुराना नेताकार्यकर्ताहरु पनि अहिलेको गठबन्धन केपी शर्मा ओली सरकारको अराजकता विरुद्ध भएकाले जसरी पनि धनराज आचार्य र कोपिला रानाभाट सहित वडाको टिमलाई जिताउने पक्षमा लागेका छन् ।



