- Bisan Chhetri

उमेदवारी दर्ताको भोलिपल्टैदेखि उनको कार्यतालिका व्यस्त छ । व्यस्त यसर्थमा कि उनी हरपल मानिसहरुलाई भेट्न र उनीहरुका समस्या सुन्न पछि पर्दैनन । अहिले जनताको घरघरमा पुग्ने र उनीहरुको समस्या सुन्नेमा नै दिन बित्छ ।
कहाँको अष्ट्रेलिया, कहाँको वडा । विकासमा आकाशपातालको फरक होला । तर, भावनामा उनलाई आफ्नै वडा प्रिय छ । नत्रभने विकसित देशको नागरिक भएर उतै बस्न सक्थे ।

तर, उनले जन्मभूमि बिर्सिएनन, मातृभूमि त्याग्न सकेनन । त्यसैले उनी अष्टे«लिया मोहलाई चटक्कै छाडिदिए ।
अहिले उनी आर्वाको उकालो उक्लिन्छन । के गर्न सकिन्छ, बुझ्छन, स्थानीयको माग सुन्छन । अनि आफ्नो भिजन सुनाउँछन ।
पोखरा महानगरका वडामध्ये भूगोलले ठुलो १३ नं. वडाका हरेक टोलमा उनको दैनिकी बितिरहेको छ ।

चुनावी रन्कोले घरदैलोमा व्यस्त हुँदा उनलाई प्रश्न ग¥यौँ, “यस्तो दुख देखेर अष्टे«लिया नै बसेको भए हुन्थ्यो जस्तो लाग्दैन ?”
आर्वाको उकालोमा हिँडिरहेका बरालले निधारको पसिना पुछ्दै भन्छन, “त्यहाँ बसेको भए म सुखी जीवन त बिताउँथे होला, तर, यी पसिनाले पनि मलाई सन्तुष्टि दिन्छन, मेरो इच्छा आफ्नो ठाउँमा केही गरौँ भन्ने हो ।”
त्यही सोचले उनी २०७१ सालमा ८ वर्षपछि अष्ट्रेलिया छाडेर नेपाल फर्किए । आफू जन्मिएको पोखरा १३ मा सक्रिय हुन थाले । सामाजिक क्षेत्रमा रुचि उनको पहिल्यैदेखि थियो ।


त्यही रुचिलाई उनले राजनीतिमार्फत अगाडि बढाउने सोचे ।
विद्यालय पढ्दाताका नै उनी कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा सक्रिय थिए । उनलाई सम्झना छ, “२०५६ मा मैले महादेव गुरुङ उम्मेदवार रहँदा गिरिजाप्रसाद कोइराला आएका थिए । मैले त्यहाँ कवितामार्फत गुरुङको पक्षमा भोट मागेको थिएँ ।”
त्यतिबेला देखिको राजनीतिक यात्रालाई हालै सम्पन्न काग्रेस महाधिवेशनमा अत्याधिक मतका साथ प्रदेश प्रतिनिधीमा विजयी भएर पार्टी राजनीतिमा उचाई बढाए । अहिले पार्टीले उनलाई वडा नं. १३ को वडाध्यक्षमा अगाडि सारेको छ ।
त्यही चुनावको छेकोमा, पहिल्यैदेखिको समाजसेवाको हुटहुटी मेटाउन उनी जनतासँग छन ।

उनले मत माग्ने शैली बेग्लै छ । घरमा पुग्ने, सबैलाई भेट्ने अनि आशीर्वाद लिने । दुखसुख सोध्ने, वडाबाट तपाइलाई के अपेक्षा छ भनेर सोध्ने । मतदाताले सोध्नुपूर्वै उनले वडामा देखिएका समस्या सुनाउँथे । र, त्यही समस्या समाधान गर्न आफू वडाध्यक्ष बन्न लागेको बताउँदै र मत माग्दै आएका छन ।
घरदैलोकै क्रममा उनले आफ्नो राजनीतिक सक्रियता सुनाए ।
वडालाई जनताको देख्ने, सुन्ने, भन्ने र गर्ने गराउँछु भनेर अठोटमा निस्किएका बराल १३ वर्षको उमेरदेखि नेविसंघमा आबद्ध भएका थिए । २०५३ बालकल्याण बोर्डिङ स्कुलमा पढ्दै थिए ।
२०५४ को मध्यावधि निर्वाचनमा उनको क्षेत्रबाट महादेव गुरुङ उम्मेदवार थिए । गुरुङको चुनावी सभामा स्वयम गिरिजाप्रसाद कोइराला उपस्थित थिए । कोइरालाले त्यहाँ गएर कविता मार्फत गुरुङको चुनावी प्रचार गरे ।


एसएलसी लगत्तै उनी नेविसंघ कास्कीको जिल्ला सदस्य भए । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन पनि लडे । उच्च शिक्षा अध्ययनको लागि अष्टे«ेलिया जानु परेपछि उनले आफूले पाएको स्ववियु सभापतिको टिकट पनि साथीलाई सुम्पेका थिए । अष्टे«ेलियामा पनि उनी जनसम्पर्क समितिमा लागेर राजनीतिबाट टाढा भएनन ।
वडाका लागि उनले पूर्वाधार, सडक पुलका नारा दिएका छैनन । मुख्य नारा नै उनको, ‘देख्ने, सुन्ने, भन्ने र गर्ने वडा प्रशासन’ नै हो । यसको अर्थ बुझाउँदै उनले भने, “अहिले सामान्य कामको लागि पनि महानगर नै धाउनुपर्ने, वडामा पनि एकै दिनमा काम नहुने, ढिलाई हुने समस्याहरु देखिएका छन, सामान्य प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अन्त्य गरि नागरिकलाई छिटो र सहज सेवा चाहिएको न हो । मैले त्यसैलाई प्राथमिकता दिएको छु ।”


स्थानीय तहमा अहिले मालपोतसम्मको अधिकार छन, तर, यी सुविधा महानगरका जनताले लम्बेतान प्रक्रियाबाट मात्र पाएका छन । जन्मदर्ता, सिफारिस लगायतका प्रक्रियामा समस्या लाग्छ । यी सामान्य प्रशासनिक कार्यलाई उनी घरमै लगेर सेवा दिन सक्नुपर्ने बताउँछन । आफूले जितेको खण्डमा सर्भिसको होम डेलिभरी गर्ने उनको इच्छा छ ।
यही इच्छालाई उनले मतदातासामु राखेका छन ।
यसबाहेक युवा नेतृत्वमा वडा नं. १३ लाई हरित शहर बनाउने उनको प्रतिबद्धता छ । सडक सफा राख्ने, फोहोरको उचित व्यवस्थापन मार्फत त्यसलाई आम्दानीमा रुपान्तरण गर्ने उनले बताए ।
वडाबासी, करदाता नागरिकहरुलाई वडामा नै सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने, शिक्षालाई सीपयुक्त र प्रविधीसँग जोड्ने लक्ष्य उनले लिएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार