पोखरा १७ विरौटामा आज गठबन्धन दलबाट उम्मेदवारी दिएका मेयर उपमेयर सहित पोखरा १७ का उम्मेदवारहरुले सम्बोधन गर्ने गरि चुनावी कोणसभा हुने भएको छ । कोणसभा दिउँसो १२ बजेदेखि शुरु हुने नेपाली काँग्रेस वडा नम्बर १७ ले जनाएको छ ।

पोखरा महानगरव्यापी चुनाव प्रचारको क्रममा आज वडा नम्बर १७ लाई लक्षित गर्दै विरौटामा कोणसभाको आयोजना हुन लागेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ । कोणसभामा उम्मेदवारहरुले जनतामाझ आफ्नो उम्मेदवारीको बारेमा प्रस्ट्याउनेछन् । त्यो बाहेक उम्मेदवारहरुले गठबन्धन मत किन हाल्ने र गठबन्धनलाई स्थानिय सरकार देखि केन्द्रीय सरकारसम्म किन जिताउने भन्ने विषयमा जनतामाझ कुरा राख्नेछन् ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकामा मेयर उम्मदेवारी दिएका धनराज आचार्य, उपमेयर कोपिला रानाभाट, वडा नम्बर १७ को वडा अध्यक्ष देवराज आचार्य लगाएतले कोणसभामा सम्बोधन गर्नेछन् ।

पोखरा १७ एमालेले आफ्नो गढ दाबी गर्दै आएपनि यो पटक एमालेको गढ पुरै भत्किने दाबी यसअगाडि नै  वडा अध्यक्ष उम्मेदवार देवराज आचार्यले गरिसकेका छन् । त्यसैमाथि वडा नम्बर १७ मा यसअगाडि एमालेको जनप्रतिनीधि छानिएपनि ५ वर्षसम्म गतिलो काम गर्न नसकेको आरोप छ । यस अगाडिको नेतृत्वले गरेको अनियमितता र बद्मासीले वडाबासी आजित भएका कारण पनि यो पटक गठबन्धनलाई अझै बढि सजिलो भएको चुनाव प्रचार कमिटिको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार