निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता विपरित गतिविधि गर्ने दल तथा उमेदवारका प्रचारप्रसार उपकरण जफत गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका अनुसार पोखराका विभिन्न स्थानहरुमा गरिएको अनुगमनका क्रममा आचारसंहिता विपरित प्रयोग गरिएका १५ थान लाउड स्पिकरहरु जफत गरिएको हो ।

https://googlepokhara.com/dhanraj-news-6/

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य सचिव हुमनाथ पराजुली र मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरु सहितको टोलीले पोखरा महानगरपालिकाको वडा नं.१,२,३,६,७,८,९ र १० का विभिन्न स्थानहरुबाट प्रचारप्रसारका क्रममा आचारसंहिता विपरित ध्वनी प्रर्दुषण गर्ने लाउड स्पिकरहरु जफत गरेको हो ।

आचारसंहिता अनुसार तोकिएको स्थान वा कार्यक्रममा बाहेक लाउड स्पिकरको प्रयोग गर्नु दण्डनिय मानिन्छ । तर, दल तथा उमेदवारहरुले गाडीहरुमा समेत लाउद स्पिकरको प्रयोग गरेर निर्वाचन प्रचारप्रसार गरेको पाईएपछि ति सामाग्रीहरु जफत गर्नुपरेको अधिकारीहरुले बताएका छन् ।

https://googlepokhara.com/dhanraj-kopila/

उनिहरुका अनुसार पहिलो पटक सचेतना सहित गल्ति नदोहोर्याउने शर्तमा जफत गरिएका सामाग्रीहरु फिर्ता गरिएको छ । आचारसंहिता उल्लघन गर्नेमा अधिंकास ठुला दलहरु रहेका अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार