सत्ता साझेदार दलहरुको गठबन्धनले बाग्लुङमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रको निर्देशनपछि विवाद भएको तमानखोला गाउपालिकाको उपाध्यक्ष र बागलुङ नगरपालिका २ को वडा अध्यक्ष नेकपा एकिकृत समाजवादीले पाएको छ ।
काठेखोला ४ तग्राम र बागलुङ नगरपालिका १२ को वडाध्यक्ष जनमोर्चाले पाएको छ । मध्यरातको सहमति अनुसार कांग्रेसको भागमा बागलुङ नगरपालिका र गलकोट नगरपालिकाको प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्ष तथा जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाको उपप्रमुख, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको उपाध्यक्ष परेको छ ।

यस्तै माओवादी केन्द्रको भागमा ढोरपाटन नगरपालिकाको प्रमुख, ताराखोला गाउँपालिकाको अध्यक्ष, बागलुङ नगरपालिका र गलकोट नगरापालिको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष परेको छ । राष्ट्रिय जनमोर्चालाई जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्ष, काँठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष मिलेको छ ।
यस्तै गठबन्धनले भागबण्डामा जिल्ला समन्वय समिति समेत टुंगो लगाएको छ । समन्वय समितिको प्रमुख राजमोलाई र उपप्रमुख एकिकृत समाजवादीको भागबण्डामा परेको छ । जिल्ला समन्वय समिति समेत बाँडफाँड गरेपछि गठबन्धनको बैठक निश्कर्षमा पुगेको हो ।



