सत्ता गठबन्धनले आवश्यकता अनुसार स्थानिय तहमा चुनावी तालमेल गर्ने भएको छ । सोमबार बसेको गठबन्धनका शिर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
परिवर्तन र प्रतिगामी दुराशयबाट देशलाई बचाउनका लागि बनेको गठबन्धनले लोकतन्त्र र यसको मुल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतीका लागि स्थानिय जनताको कठिनाई हटाउदै उनिहरुका आवश्यश्यकता परिपुर्तिका लागि स्थानिय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने उनिहरुले घोषणा गरेका हुन् ।

उनिहरुले राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताउदै विगतका मतभेदहरुलाई पर सार्दै आगामी निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण समेत गरेका छन् । चुनावी तालमेल मिलाएर आपसि सहकार्य र परस्पर सहयोगका लागि आह्वान सेमत गरेका छन् ।




