नेपाल कम्युनिष्ट पार्टी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनाव बहिष्कार गर्ने भएको छ । वर्तमान सरकार जनताको भावना विपरित विदेशी शक्तिहरुका सामु लम्पसार परेर राष्ट्रियतालाई लिलाम गर्ने खेलमा लागेको भन्दै दलाल नोकरशाही सत्ता र सरकारले गर्ने कुनैपनि निर्वाचन आफुहरुका लागि स्विकार्य नहुने सो पार्टीका महासचिव क.नेपालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
महासचिव नेपालले फोहोरी संसदिय व्यवस्थाबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै यसको विकल्प खोज्नुपर्नेमा जोड दिदै जनतालाई सदैव गुलाम बनाउने र मुलुकको युवा शक्तिलाई विदेशमा बेच्ने दलालहरुलाई बहिष्कार गर्न अपिल समेत गरेका छन् । एमसीसी जस्तो राष्ट्रघाति सम्झौता पास गरेको र देशलाई टुक्राउन खोजेको लगायतका आरोपहरु पार्टीले सरकारमाथी लगाएको छ ।

५ वर्षको कार्यकाल भर विकास भन्दा पनि जनप्रतिनिधिहरु ठुलठुला घट्नाहरु लुकाउन र भ्रष्टाचारमा लिप्त बनेको विज्ञप्तीमा उल्लेख गरिएको छ । दलाल संसदिय व्यवस्थाको अन्त्यका खातिर आगामी वैशाख ३० गतेको कथित स्थानिय तहको निर्वाचन बहिष्कार गर्न अपिल गरिएको छ ।




