जिल्ला अदालत कास्कीमा अनधिकृत रुपमा प्रवेश गरि तोडफोड गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
उनि कास्कीको पोखरा महानगरपालिका वडा नं. १५ को टुटुंगा बस्ने २७ वर्षका अर्जुन परियार रहेका छन् ।

उनले कास्की जिल्ला अदालतको परिसर भित्र रातको समयमा प्रवेश गरी १ नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए ।
उनलाई नकबजनी चोरी उद्योग र आपराधीक उपद्रव मुद्दामा आठ दिन म्याद थपको अनुमति लिई कानूनी कारबाहीको प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
निज विगतमा समेत निम्न मुद्दामा संलग्न रहेको अभिलेखबाट खुल्न आएको ।
———————————————————————-
• मिति २०७३।०२।०६ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा अभद्र ब्यवहार मुद्दा ।
• मिति २०७३।०५।१५ गते वडा प्रहरी कार्यालय, रामबजारमा अभद्र ब्यबहार मुद्दा ।
• मिति २०७३।०६।३० गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी मुद्दा ।
• मिति २०७४।०७।२१ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा ।
• मिति २०७४।१०।१७ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा अभद्र व्यवहार मुद्दा ।
• मिति २०७५।०३।२५ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा ।
• मिति २०७६।०८।०२ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा अभद्र व्यवहार मुद्दा ।
• मिति २०७६।१२।०९ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागू औषध कसुरमा कारागारबाट २०७८।११।२३ गते थुना मुक्त भएको ।



