नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् ।
ओलीले उद्घाटन समारोह मै बस्नेतलाई दोर्होयाउने संकेत गरेका थिए । मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुंग्याइएको छ । बस्नेतसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ । उपाध्यक्षमा गणेश पाण्डे, सचिव प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्तासहित राति ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो । तर उम्मेद्वारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको असन्तुष्टहरुले बताएका छन् ।
संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निस्कृय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाए ।
घोषित कमिटीको महासचिव हिरामान लामा छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिएका छन् । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बनेका छन् ।
प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्ष कै दौडबाट बाहिरिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार