राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अमेरीकी सहायता परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुले कपटपुणर् चरित्र देखाएको टिप्पणी गरेका छन् ।
काठमाण्डौमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालका वामपन्थिहरु खामपन्थिमा परिणत भएको आरोप पनि लगाए । नेपाललाई अमेरीकी साम्राज्यवादीहरुले एमसीसी मार्फत क्रिडास्थल बनाउने बाटो नेपालका घटिया शासकहरुले खोलिदिएको उनले टिप्पणी गरे ।
राष्ट्रियताको सन्दर्भमा स्खलित नेतृत्वका कारण देश दिनानुदिन कमजोर बन्दै गएको भन्दै उनले गहिरो दुख व्यक्त गरे । रोजगारीको अवसर खोज्दै युवाहरु विदेशीने क्रम कहाली लाग्दो अवस्थामा पुगेको अध्यक्ष केसीले बताए ।
नेताहरु देशलाई कंगाल बनाउने होडमा लागेको उनले आरोप लगाए ।




