गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार प्रदेशका विभिन्न जिल्लाहरुमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कास्कीका १० जना र नवलपुरका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हाल गण्डकीमा २७२ जना सक्रिय संक्रमितहरु रहेका छन् । ४८ जना संक्रमण मुक्त भएका छन् ।




