आईतबार गण्डकीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २०४ नमुना परिक्षणमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १० जना, लमजुङका १ जना, नवलपुरका ४ जना, बाग्लुङका ६ जना, स्याङ्जाका ३ जना, तनहुँका ३ जना र म्याग्दीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार