कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ४ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार ७,०९६ नमुना परिक्षणमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३,३५७ रहेको छ ।
सोमबार थप १,२७२ जना संक्रमण मुक्त भएका छन् ।




