एमसीसीका विषयमा प्रोपागाण्डा मच्चाईएको टिप्पणी पछि अमेरीकी रादुतावासले पुनः धम्कीपुर्ण शैलीमा सार्थक बहसको आवश्यकतामा जोड दिएको छ ।
दुतावासको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको एक समाग्रीमा उसले भनेको छ, “हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, ः एमसीसी को बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।”
आफुलाई वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो सर्मथब बताएको अमेरीकाले एमसीसीको सन्र्दभमा भैरहेका प्रदर्शनहरु तर्फ संकेत गर्दै हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने चेतावनी दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार