नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले फाल्गनु १६ गते नेपाल बन्दको आह्वान गरेको छ । पार्टीको मध्यपश्चिम कमाण्डका इन्चार्ज गौरवद्धारा जारी विज्ञप्तीमा आगामी १६ गते नेपाल बन्दको आह्वान गरिएको हो ।
विज्ञप्तीमा जनाईए अनुसार शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्ने खेलमा लागेको भन्दै विरोध स्वरुप सो दिन नेपाल बन्दको आह्वान गर्नुपरेको हो । एमसीसीका कारण नेपाल विदेशीहरुको युद्धस्थल बन्ने भन्दै सो बाट मुलुकलाई जोगाउनका लागि नेपाल बन्द आह्वान गरिएको पार्टीले जनाएको छ ।
एमसीसीमा जोडिएको भारतिय विस्तारवादको स्वार्थ, महंगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, एमसीसीको विरोधमा उत्रने क्रममा पक्राउ परेको आफ्ना कार्यकर्ताहरुको रिहाई, सरकारको फासीवादी दमन र राष्ट्रिय स्वाधिनता तथा अखण्डताको रक्षाका खातिर १६ गतेको बन्दमा साथ दिन उसले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार