शुक्रबार गण्डकीमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २६८ नमुना परिक्षणमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २३ जना, पर्वतका ६ जना, लमजुङका १ जना, स्याङ्जाका ३ जना, तनहुँका २ जना, म्याग्दीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ७२५ मा झरेको छ । पछिल्लो २४ घण्टामा थप १६८ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार