नेपालमा अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलन चर्किरहेका बेला अमेरीकी दवाव पनि बढ्दो छ ।
विहिबार मात्रै अमेरीकी राजदुताबासले फेसबुकमा पोष्ट गरेको एक पोष्टमा पनि अमेरीकी दवाव छरपस्त देखिएको छ । त्यहाँ उसले लेखेको छ, “कुनै एजेन्डालाई अगाडी बढाउन अथवा कुनै नीति वा ध्येयलाई टेवा र्पुयाउनका निम्ति जनमानसलाई प्रभावित बनाउन सरकार वा राजनीतिक नेतृत्वबाट प्रोपागान्डा प्रयोग गरिन सक्छ। प्रोपागान्डा पोस्टर, शैक्षिक सामाग्री, विज्ञापन, चलचित्र, रेडियो आदिमा देखा पर्न सक्छ ।”
दुतावासले यसको पछाडी सरकार सहित राजनीतिक दलका नेताहरुको संलग्नता रहेको तर्फ संकेत गरेको छ । उसले थप प्रश्न सहित भनेको छ, “के तपाईँलाई थाहा छ प्रोपागान्डा सबैभन्दा व्यापक रूपमा प्रयोग भएको कालखण्ड कुन थियो ?” तर, अमेरीकी दवावका बिच एमसीसी परियोजना संसदमा टेबल हुन सभामुख लगायत पार्टीका कारण रोकिएको छ ।
एमसीसी विरुद्ध जनदवाव दिनदिनै बढ्ै गैरहेका बेला सरकार अप्ठ्यारोमा परेको छ ।





