गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार प्रदेशका विभिन्न जिल्लाहरुमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सवैभन्दा धेरै कास्कीका २८ जना रहेका छन् भने, बाँकी अरु जिल्लाका रहेका छन् । हाल गण्डकीमा ९५८ जना सक्रिय संक्रमतिहरु रहेका छन् । ४६ जना संक्रमण मुक्त भएका छन् ।




