कोरोना भाइरसको संक्रमणका कारण बुधबार नेपालमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ४ जनाको मृत्यु भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,९०५ जना पुगेको छ । यसैबिच पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको ९७५६ नमुना परिक्षणमा ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८,२५१ रहेको छ ।
बुधबार २ लाख बढिलाई कोरोना भाइरस विरुद्धको खोप लगाईएको छ ।




