कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण पोखरा महानगरपालिका वडा नंं. १ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । यस्तै पोखरा महानगरपालिका कै वडा नं. १४ की ८८ वर्षीय संक्रमित महिलाको पनि मणिपाल शिक्षण अस्पताल मै उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार