बुधबार गण्डकीमा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४०७ नमुना परिक्षणमा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ३७ जना, लमजुङका ४६ जना, नवलपुरका ३ जना, बाग्लुङका ४ जना, स्याङ्जाका २३ जना, तनहुँका ३ जना, म्याग्दीका ७ जना, स्याङ्जाका २३ जना र पर्वतका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या २,०९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार