कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १२ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा १,३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार ११,८८९ नमुना परिक्षणमा थप १,३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या २९,००४ पुगेको छ ।
सोमबार थप २,२३८ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार