कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २ जना, पर्वत, र स्याङ्जाका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं.२१ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नं. १७ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.७ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ भने, पर्वतको मोदि गाउँपालिका ५ की ३५ वर्षीय महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४५६ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार