कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, पर्वत, तनहुँ र स्याङ्जाका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ की ६० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं.२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.२ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ भने, तनहुँको भिमाद नगरपालिका ५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा स्वास्थ्य वित्रान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४५२ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार