कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका ११ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
हाल सम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्युको संख्या ११,८१४ पुगेको छ । यसैबिच नेपालमा आईतबार थप १३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९२५१ नमुना परिक्षणमा १३८६ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४५२४८ पुगेको छ । आईतबार ८७०४ जना संक्रमण मुक्त भएका छन् ।




