कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु भएको छ । गण्डकीका प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार नवलपुरको कावासोती नगरपालिका वडा नं. ५ की ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो । यस्तै बाग्लुङ् नगरपालिका वडा नं. १४ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १,४४३ जनाको मृत्यु भएको छ ।




