गण्डकीमा हालसम्म १८ वर्ष माथिका ९५ प्रतिशत बढि मानिसहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो समाचार तयार गर्दा सम्म ९० दशमलव १ प्रतिशत मानिसहरुले कोरोना विरुद्ध खोपको पुरा मात्रा लगाएका छन् ।
गण्डकीमा एक मात्रै मात्रा लगाएका मानिसहरुको प्रतिशत ९९.५ प्रतिशत रहेको छ भने, २९,२१७ जनालाई बुस्टर डोज खोप समेत लगाईएको छ । कोरोना संक्रमणका बखत अग्रभागमा रहेर सेवामा सर्मपित नागरिकहरुलाई कोरोना विरुद्धको तेस्रो डोज अर्थात बुस्टर डोज प्रदान गरिएको हो ।
यसैबिच १२ देखी १७ वर्षसम्मका ४२ दशमलव १ प्रतिशतले पुरामात्रा र ८६ दशमलव ४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएकाहरुलाई हाल दोस्रो मात्रा र खोप नै नलगाएकाहरुलाई पनि खोप दिने कार्यक्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।




