बिहिबार गण्डकीमा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १७९ जना, स्याङ्जाका २६ जना, बाग्लुङ्का १९ जना, लमजुङ्का १७ जना, म्याग्दीका १५ जना, तनहुँका १४ जना, मुस्ताङ्का ९ जना, पर्वतका ५ जना, नवलपुरका ४ जना, मनाङ् र गोरखाका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ५२८७ पुगेको छ । उनिहरु मध्ये ५२१६ जना होम आइसोलेसनमा उपचाररत छन् ।
यसैबिच कोरोना भाइरसको संक्रमणका कारण उपचारमा रहेका एक जना संक्रमितको पोखरामा मृत्यु भएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिका १० का ६४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । हाल सम्म गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण १४४० जनाले ज्यान गुमाएका छन् ।




