बुधबार सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
सोनाम ल्होछारको अवसरमा देशभरका सवै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिईएको गृहमन्त्रालयले जनाएको हो ।
नेपाल सरकारको मन्त्रीपरिषदले सो निर्णय गरेको मन्त्रालयका उपसचिव बसन्त भट्टराईले जनाकारी दिएका छन् ।
सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन पर्ने गर्दछ ।




