पोखरामा लागुऔषध ब्राउन सुगर २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वढा नं. २१ बुधबारेका २१ वर्षीय सुमन रौतार थारु र पाल्पाको रेब्दिकोट गाउँपालिका वडा नं. ८ का २१ वर्षीय सुमन रायमाझी पोखराको लेकसाईडबाट पक्राउ परेका हुन् ।
उनिहरुलाई लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनिहरुको साथबाट १३.१०० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको छ । अदालतबाट ८ दिनको म्याद थप गरि अनुसन्धान थालिएको कास्की प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार