मंगलबार गण्डकी प्रदेशमा थप ४३५ जनामा कोरोना भाएरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९५६ नमुना परिक्षणमा थप ४३५ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा २४३ जना, स्याङ्जाका ५७ जना, लमजुङ र बाग्लुङ २८–२८ जना, तनहुँका २६ जना, नवलपुरमा १८, म्याग्दीका १९ जना, पर्वतका ५ जना, गोरखाका ७ जना, मुस्ताङ्का ३ जना र मनाङ्का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९९,५८२ जना पुगेको छ । उनिहरु मध्ये ९१,८८१ जना संक्रमण मुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ६,२६२ पुगेको छ । उनिहरु मध्ये ६१९२ जना होम आईसोलेसनमा रहेका छन् ।
यसैबिच मंगलबार एक जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ की ८४ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार