सोमबार गण्डकीमा थप ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६२५६ पुगेको छ । आज ९०० जना संक्रमणमुक्त भएका छन् ।
विवरण अनुसार सोमबार कास्कीमा सवैभन्दा धेरै १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जामा ७९ जना, बाग्लुङ्मा ५४ जना, तनहुँ र लमजुङ्मा ४३–४३ जना, म्याग्दीमा ३४ जना, नवलपुरमा १७, पर्वतमा १६ जना, गोरखामा ९ जना, मुस्ताङ्मा २ र मनाङ्मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. १४ का ८६ वर्षीय संक्रमित एक पुरुषको उपचारका क्रममा मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा १४३८ जनाको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार